Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जमा चार वर्षदेखि आफ्नै बुहारीलाई जबर्जस्ती,ससुरा पक्राउ

स्याङ्जमा चार वर्षदेखि आफ्नै बुहारीलाई जबर्जस्ती,ससुरा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • ११:३५:३७ बजे
  • 3.4K
    SHARES
  • स्याङ्जमा चार वर्षदेखि आफ्नै बुहारीलाई जबर्जस्ती,ससुरा पक्राउ
    आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् ।

    ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology