Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालिकोट दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु

कालिकोट दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २९, २०७७ बुधवार • १२:२१:२७ बजे
  • 1.2K
    SHARES
  • कालिकोट दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु
    कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको जलेर मृत्यु भएको हो । 

    घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाएको र आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । 

    बटालाले घरमा आगो लगाउँदा उनका चार वर्षीय छोरा खगेन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घरायसी झगडामा गरेर घरमा आगो लगाएका भैरे बटाला विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख शाहले जानकारी दिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology