Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट बालिकाको सुन चोरेर फरार युवती पक्राउ

पोखरा पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट बालिकाको सुन चोरेर फरार युवती पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:०९:२४ बजे
  • 3.5K
    SHARES
  • पोखरा पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट बालिकाको सुन चोरेर फरार युवती पक्राउ
    पाँच वर्षीया बालिकालाई एकान्त कुनामा लगेर मुन्द्रा चोरी गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    पोखरा ११ निवासी २२ वर्षीया एलिना गुरुङलाई सोमबार दिउँसो २:३० बजे पोखरा पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट पाँच वर्षीया बालिकालाई ललाई फकाई एकान्तमा लगेर बालिकाले कानमा लगाएका मुन्द्रा झिकेर चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

    एलिनासँगै अनुसन्धानको लागि पोखरा-११ रानीपौवा स्थित सुन पसले ३० वर्षीय विजय सुनारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले एलिना सोमबार साँझ पोखराको पालिखे चोकबाट पक्राउ परेकी हुन् भने सुन पसले सुनारलाई मंगलबार अनुसन्धानका लागि पक्राउ गरेको हो ।

    पोखरा-७ घारीपाटन निवासी रमिला पौडेलकी पाँच वर्षीया छोरीको मुन्द्रा चोरी भागेको सूचना र प्राप्त हुलीयाको आधारमा चोरीमा सम्लग्न गुरुङलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले बताए ।

    उनीहरु दुुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology