Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला

पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:२७:२८ बजे
  • 1.2K
    SHARES
  • पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला
    पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार गोरखा जिल्लाको शहिद लखन नगरपालिका वडा नं ६का ३२ वर्षीय सुरेश कोइराला आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

    मृतक कोइराला पोखरा महानगरपालिका वडा नं १९ स्थित खेत भन्ने स्थानमा संचालित फर्निचर उद्योगमा काम गर्दै अैअर्हएका थिए।  । गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार बुधबार विहान सवा नौबजेसम्म पनि उनी बस्ने कोठा भित्रबाट चुक्कुल लगाइ सुतेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरी टोलीले स्थानीय प्रतिनिधिको रोहवरमा ढोका फोरी हेर्दा खाटमा कोल्टे परि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । ब्लक उद्योग भित्र ब्लकले बनेको कोठामा मृत भेटिएको यो घटनाका बारेमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology