Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक हप्ता अगाडि पिकनिक खान गएदेखि घर नफर्केका सन्तोष परियारको शव फेवातालमा फेला

एक हप्ता अगाडि पिकनिक खान गएदेखि घर नफर्केका सन्तोष परियारको शव फेवातालमा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:३३:१७ बजे
  • 2.1K
    SHARES
  • एक हप्ता अगाडि पिकनिक खान गएदेखि घर नफर्केका सन्तोष परियारको शव फेवातालमा फेला
    पोखरा २२ पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान गएदेखि हराएका एक युवा बुधबार मृत भेटिएका छन् ।

    एक हप्ता अगाडि पिकनिक खान गएदेखि घर नफर्केका सन्तोष परियारको शव फेवातालमा फेला परेको हो ।प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो । 

    पुष २२ गते सवा एक बजे पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो । अन्दाजी २४।२५ वर्षीय मृतक कोही कसैलाई नभनिकन पिकनिक खान गएको प्रहरीको भनाइ छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # शव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology