Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुल्मीमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा एकको मृत्यु,दुई घाइते

गुल्मीमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा एकको मृत्यु,दुई घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:४७:४९ बजे
  • 1.5K
    SHARES
  • गुल्मीमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा एकको मृत्यु,दुई घाइते
    गुल्मी।  झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा गुल्मीको सदरमुकाम तम्घासमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

    इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियालालाई झारफुक गरी सन्चो बनाउने बहानामा रामप्रसाद श्रेष्ठले बुधबार दिउँसो १२ बजे तातो फलामले डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। 

    मालिका गाउँपालिका–६ अर्जे स्थायी घर भई हाल रेसुंगा नगरपालिका–१ तीनधारामा भाडामा बस्दै आएका झाँक्री दम्पती ३८ वर्षका रामप्रसाद श्रेष्ठ र ३६ वर्षकी शान्तिले मुखियालाई तातो फलामले थिए। 

    मुखिया ढाड दुख्ने बिरामी भई झारफुकका लागि गत पुस २५ गतेदेखि निरन्तर उनै झाँक्री श्रेष्ठको साथमा थिए।

    साथै मुखिया सँगै रहेका उनका ३४ वर्षीय छोरा हुम बहादुर र रेसुंगा नगरपालिका–५ का पुनबहादुर दमाईकी श्रीमती टोपलालाई पनि तातो फलामले श्रेष्ठले डामेका थिए। उनीहरु पनि घाइते बनाएका छन्। उनीहरुको अनुहार पनि श्रेष्ठले डामेका थिए।  

    घाइतेहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। श्रेष्ठ दम्पती प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # झारफुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology