Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुवातास

जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख सहित पाँच जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख सहित पाँच जुवातास खेलिरहेको अवस्थामा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २, २०७७ शुक्रवार • २१:५९:११ बजे
  • 1.9K
    SHARES
  • जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख सहित पाँच जुवातास खेलिरहेको अवस्थामा पक्राउ
    सुर्खेत । जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पाँच जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली पनि रहेका छन। 


    ओलीसहित रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमल गिरी छन् । 


    रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोलास्थित भरत घर्ती मगरको घरमा बसेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिए ।  उनले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २५ हजार २ सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # जुवातास
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology