Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुरक्षा गस्तिमा गएका बेला ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको लडेर मृत्यु

सुरक्षा गस्तिमा गएका बेला ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको लडेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ३, २०७७ शनिवार • १०:१२:२९ बजे
  • 1.2K
    SHARES
  • सुरक्षा गस्तिमा गएका बेला ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको लडेर मृत्यु
    हुम्लाको चंखेली गाउँपालिका मेल्छाम प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । पुस २८ गते सुरक्षा गस्तिमा गएका बेला माथीबाट खसेको ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको  मृत्यु भएको हो ।

    ढुंगा लागेर घाइते भएका खड्कालाई उपचारका लागि  चंखेलीको पिप्लाङबाट मुगु हुँदै  हेलिकोप्टरबाट काठमाडौं पुर्‍याइएको थियो । काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनकाे शुक्रबार  मृत्यु भएको हो ।

     बर्दिया जिल्ला घर भएका खड्काको शुक्रबार  नै हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology