Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हेमजाबाट पोखरा आउँदै गरेको जीप याम्दीमा अनियन्त्रित भएर दुर्घटना, दुई जनाको मृत्यु सात जना घाइते

हेमजाबाट पोखरा आउँदै गरेको जीप याम्दीमा अनियन्त्रित भएर दुर्घटना, दुई जनाको मृत्यु सात जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ४, २०७७ आइतवार • १०:०३:२९ बजे
  • 12.8K
    SHARES
  • हेमजाबाट पोखरा आउँदै गरेको जीप याम्दीमा अनियन्त्रित भएर दुर्घटना, दुई जनाको मृत्यु  सात जना घाइते
    पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

    प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

    पोखरा–२५ हेमजाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology