Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको मालिका निस्कोटबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

म्याग्दीको मालिका निस्कोटबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ४, २०७७ आइतवार • ११:५५:१२ बजे
  • 1.5K
    SHARES
  • म्याग्दीको मालिका निस्कोटबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
    बेनी- म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई अबैध भरुवा बन्दुक सहित शनिबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।  

    उनको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनीको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरिएको छ।

    फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले अबैध भएको प्रहरीले जनाएको छ। म्याग्दीमा अबैध हात हतियार बन्यजन्तुको चोरी शिकारमा प्रयोग हुने गरेको गुनासो छ।

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology