Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको व्यास देउरालीमा गुडिरहेको ट्रकमा आगलागी,अगाडिको भागमा पूर्ण क्षति

तनहुँको व्यास देउरालीमा गुडिरहेको ट्रकमा आगलागी,अगाडिको भागमा पूर्ण क्षति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ४, २०७७ आइतवार • १२:१७:१६ बजे
  • 2.4K
    SHARES
  • तनहुँको व्यास देउरालीमा गुडिरहेको ट्रकमा आगलागी,अगाडिको भागमा पूर्ण क्षति
    File pic
    तनहुँ - तनहुँको व्यास-१२ देउरालीमा गुडिरहेको ट्रकमा आगलागी भएको छा । पोखराबाट सिमेन्ट अनलोड गरी फर्केको ट्रकमा एक्कासी आगलागी भएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

     बिहान करिब सवा ५ बजे लु २ ख ११९ नम्बरको ट्रकमा आगलागी भएको र ट्रकको अगाडिको भागमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । 

    आगलागी हुने बित्तिकै चालक र परिचालक झरेका कारण मानवीय क्षति हुन पाएन । स्थानिय, प्रहरी रदमकलको सहयोगमा आगो निभाइएको थियो ।  प्रहरीका अनुसार वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology