Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ५, २०७७ सोमवार • ११:२५:३२ बजे
  • 961
    SHARES
  • महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
    सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    एक जना घाइते भएका छन्।

    आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको मालबहाक गाडी दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए।

    हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्।

    उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

    दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त गाडी भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    सोलु जलविद्युत् आयोजना (२३।५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology