पोखरा महानगरपालिका ३० गुमाद स्थित भित्री सडकखण्डमा दुई स्कुटर एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन ।
मे।९ प ३६३४ नं। को स्कुटर र ग।१६ प ११७८ नं। को स्कुटर एक-आपसमा ठक्कर खाँदा ११७८ नं। को स्कुटर चालक जिल्ला कास्की पोखरा म।न।पा।३० खुदी बस्ने बर्ष २० को सुमित लामिछाने, ११७८ नं। को स्कुटर पछाडि सवार बर्ष ३३ को लक्ष्मण पुन र ३६३४ नं। को स्कुटर पछाडि सवार जिल्ला कास्की पोखरा म।न।पा।-३० ढुङ्गेपाटन बस्ने बर्ष २३ को समिर गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार ३६३४ नं। को स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।