Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा जिरो किमिबाट ३ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ

पोखरा जिरो किमिबाट ३ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ५, २०७७ सोमवार • १२:०७:०९ बजे
  • 3.2K
    SHARES
  • पोखरा जिरो किमिबाट ३ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ

    पोखरा महानगरपालिका ५ जिरो किमिबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा सोही ठाउँमा अन्नपूर्ण रेष्टुरेण्ट संचालन गरी बस्ने अन्नपूर्ण गाउँपालिका-७ लुम्ले घर भएका ३९ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य सुनार रहेका छन् ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग ९ प ३३८२ नम्बरको स्कुटरलाई जाँच गर्न खोज्दा भागेपछि पिछा गर्ने क्रममा सन्तोषको कोठाबाट उक्त लागूऔषध बरामद गरी उक्त लागूऔषध र स्कुटर सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध गाँजा
  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology