Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ललितपुरमा एक दम्पती मृतावस्थामा फेला ,हत्या कि आत्महत्या ?

ललितपुरमा एक दम्पती मृतावस्थामा फेला ,हत्या कि आत्महत्या ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ६, २०७७ मंगलवार • १५:४४:२५ बजे
  • 1.1K
    SHARES
  • ललितपुरमा एक दम्पती मृतावस्थामा फेला ,हत्या कि आत्महत्या ?

    ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । सोमबार बिहान महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा रहेको घरको ग्राउन्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका छन ।
    भित्रबाट लक गरिएको अवस्थामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको हो । शव नजिकै एउटा भाँडोमा बान्ता गरेको र  विषादीको बट्टासमेत फेला परेको छ । 

    images


    विषादीको बट्टा र बान्ता समेत घटनास्थलमा भेटिनुले आत्महत्या गरेको हुन सक्ने भएकाले अनुसन्धान त्यसमा नै केन्द्रित छ ।
    राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान रहेको छ । 

    उनीहरु आइतबार रातिसम्म आमाबुबासँग फोन सम्पर्कमा थिए । तर बिहान सम्पर्क हुन छोडेको प्रहरीले बताएको छ । सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

    प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो । 

    प्रहरीले घटनास्थलबाट सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ। केही अघिमात्रै राजधानीको टोखामा पनि एक दम्पत्ती मृत फेला परेका थिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology