Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मालपोत कार्यालयका नायब सुब्बा ४० हजार घुस सहित दुइ जना पक्राउ

मालपोत कार्यालयका नायब सुब्बा ४० हजार घुस सहित दुइ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ७, २०७७ बुधवार • १३:५३:५२ बजे
  • 1.8K
    SHARES
  • मालपोत कार्यालयका नायब सुब्बा ४० हजार घुस सहित दुइ जना पक्राउ

    ललितपुर - ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत एक नायब सुब्बा ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा मन्दीपकुमार श्रेष्ठ र लेखापढी व्यवसाय समेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट लिएको उक्त रकमसहित पक्राउ गरेको हो।

    images

    उनीहरुले सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम लिएको आयोगले जनाएको छ।

    उनीहरुले अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा लगनखेलस्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिएको थियो। उनीहरूबारे थप अनुसन्धान भइरहेको पनि अख्तियार कार्यालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # घुस
  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology