Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल प्रहरीले १ लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

नेपाल प्रहरीले १ लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ७, २०७७ बुधवार • १४:३१:४० बजे
  • 790
    SHARES
  • नेपाल प्रहरीले  १ लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

    नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनपछि सरकारले आगामी १७ र २७ वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो।

    images

    त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका हुन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो। सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ।

    खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो।

  • सम्बन्धित विषय:

  • # म्यादी प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology