Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखाकी एक महिलाले बच्चा जन्माएर झाडीमा फ्याक्न खोज्दा प्रहरीले समाए

गोरखाकी एक महिलाले बच्चा जन्माएर झाडीमा फ्याक्न खोज्दा प्रहरीले समाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ७, २०७७ बुधवार • १४:३८:४८ बजे
  • 2.1K
    SHARES
  • गोरखाकी एक महिलाले बच्चा जन्माएर झाडीमा फ्याक्न खोज्दा प्रहरीले समाए

    बच्चा जन्माएर झाडीमा फ्याक्न खोज्ने आमा र बच्चा दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएर कान्तिबाल अस्पतालमा पठाएको महानगरीय प्रहरी महाराजगन्जले जनाएको छ ।

    images

    बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

    महाराजगन्ज वृत्तका प्रमुख डिएसपी रोशन खड्का अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियारले महिना पुगी जन्मिएको छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेर नियन्त्रणमा लिई अस्पतालमा पठाएको हो।

    उनीहरुलाई सुनीताकै आमा दिल माया परीयारको रेखदेखमा उपचार भइरहेको र दुवै जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचारपछि बच्चालाई किन फ्याक्न खोजेको भन्नेबारेमा अनुसन्धान गरिने डिएसपी खड्काले जनाएका छन्।

  • सम्बन्धित विषय:

  • # नवजात शिशु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology