Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक संजाल मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने महतो पक्राउ

सामाजिक संजाल मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने महतो पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • १४:१८:४७ बजे
  • 1.4K
    SHARES
  • सामाजिक संजाल मार्फत  चिठ्ठा परेको भन्दै ठगी गर्ने महतो पक्राउ

    बरा - सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतो हुन ।

    images

    महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology