Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानव अधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

मानव अधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • १४:३९:११ बजे
  • 1.9K
    SHARES
  • मानव अधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

    पोखरा - अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका-५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    images

    तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि काठमाडौं दरबारमार्गबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठगी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology