तनहुँ । तनहुँमा लागुऔषध गाँजा सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
मंगलबार बिहान शुक्लागण्डकी नगरपालिका वडा नं। ५ बेलचौताराबाट उदयपुर रौतामाई गाउँपालिका वडा नं। ३ बस्ने वर्ष १९ को बिजय राई र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं। १ बस्ने वर्ष २१ को आनन्द के।सी।लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुको साथमा रहेको झोला तथा शरिर चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई ओसारपसार गर्दै गरेको १ किलो २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
उक्त लागुऔषध गाँजा सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।