Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा जिरोबाट अवैध ४ किलो गाँजा सहित २ जना पक्राउ

पोखरा जिरोबाट अवैध ४ किलो गाँजा सहित २ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ११, २०७७ आइतवार • १३:०३:२२ बजे
  • 1.7K
    SHARES
  • पोखरा जिरोबाट अवैध ४ किलो गाँजा सहित २ जना पक्राउ

    कास्की - पोखरा महानगरपालिका-५ जिरो किलोबाट अवैध लागूऔषध सहित  २ जनालाई शनिबार बिहान कास्की प्रहरीले पक्राउ गरेको छ ।  

    images

    ४ किलो गाँजा सहित पक्राउ पर्नेहरूमा १ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् । 

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology