म्याग्दीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ स्थायी घर् भई मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिक रहेका छन । उनलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कृष्ण बहादुरले ती बालिकालाई यही शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।