Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरबाट भागेर पोखरा होटल एण्ड लजमा बसेका देवर भाउजू मृत फेला

घरबाट भागेर पोखरा होटल एण्ड लजमा बसेका देवर भाउजू मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ११, २०७७ आइतवार • १३:२२:५९ बजे
  • 68.5K
    SHARES
  • घरबाट भागेर पोखरा होटल एण्ड लजमा बसेका देवर भाउजू मृत फेला

    कञ्चनपुर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित हिजो (शनिवार) बिहान महेन्द्रनगर आइपुगेका थिए ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

    “भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।” देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्न सकेको छैन ।

    “उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे”, थापाले भने, “उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology