Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा दिन दहाडै सुन चोरी गर्ने एक युवालाई कास्की प्रहरीले गर्यो सार्वजनिक

पोखरामा दिन दहाडै सुन चोरी गर्ने एक युवालाई कास्की प्रहरीले गर्यो सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १२, २०७७ सोमवार • ११:११:५७ बजे
  • 3.0K
    SHARES
  • पोखरामा दिन दहाडै सुन चोरी गर्ने एक युवालाई कास्की प्रहरीले गर्यो सार्वजनिक

    पोखरा- पोखरामा दिन दहाडै सुन चोरी गर्ने एक युवालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    पर्बत कुश्मा घर भैई पोखरा २६ बस्दै आएका २६ वर्षका किशोर शर्मालाई कास्की प्रहरीले गत छ गते पक्राउ गरेको हो ।

    पोखरा ५ धारापानी मार्गमा डेरागरी बस्ने गीता भुजेलको डेरा कोठाको दराजको चाँवी फोरी माग ६ गते दराजभित्र रहेका औंठी, सिक्री, मंगलसुत्र लगायतका सामाग्री चोरी भएको सूचनाका आधारमा खोजी गर्ने क्रममा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको हो ।

    शर्माले चोरी गरेका सुनका गहनाहरु छड्के तिलहरी १ थान, मंगलसूत्र १ थान, सानो तिलहरी १ थान, माइली तिलहरी १ थान, सानो मंगलसूत्र १ थान, छापे औंठी १ थान, सिक्री १ थान, मुन्द्रा १ थान, ग।१३ प ३७४७ नं को रातो स्कुटर १ थान, फलामको रड एक तान, मोवाइल २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले बताए ।

    शर्मामाथि डाँका चोरी सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology