मयूरपाटी - सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको कार्यालय स्थानीयले घेराउ गरेका छन् । महाभारत डाँडैडाँडा रेखाङ्कन गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै असन्तुष्टि जनाउँदै प्लेकार्डसहित उपस्थित भएका स्थानीयले सुनकोशी गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।
काभ्रेको तालढुङ्गा जोड्नेगरी सरकारले बीपी राजमार्गको सोलाभञ्ज्याङ्ग, नागी, बन्दिपुर लगायत काफ्लेचौरबाट कृषि सडकको परिकल्पना गरेको थियो । स्थानीयवासीका अनुसार सडकलाई स्थानीय नेताले बद्मासी गरी नागी, मझुवा, गैह्रीगाउँ, गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाई रेखाङ्कन तोडमोड गरिएको छ ।
यदी सडक सम्बन्धमा हाम्रो माग लाई तल्काल सम्बोधन गरिएन भने कडा आन्दोलन गर्न स्थानीयवासी वाध्य हुने एक स्थानीयले बताएका छन् ।
सुनकोशी गाउँपालिका वडा नम्बर ७ र ५ को कार्यालयमा यसअघि पुरानै रेखांकन अनुसार सडक निर्माणकार्य अगाडि बढाउन माग राख्दै स्थानीयले तालाबन्दी गरिएको धनजंग थापाले मयूपाटीलाई बताउनु भएको छ ।