Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

म्याग्देली युवा आवाजको सहयोग रकम बिपद ब्यबस्थापन कोष लाई हस्तान्तरण

म्याग्देली युवा आवाजको सहयोग रकम बिपद ब्यबस्थापन कोष लाई हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • १७:४९:२७ बजे
  • 2.1K
    SHARES
  • म्याग्देली युवा आवाजको सहयोग रकम बिपद ब्यबस्थापन कोष लाई हस्तान्तरण

    स्वदेश तथा बिदेशमा रहेका  म्यादीका स्वतन्त्र युवाहरूको सामाजिक संजालमा क्रियाशिल समुह म्यादेली युवा आवाजले म्याग्दीकाबाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबीआचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच जिल्ला विपद ब्यवस्थापन कोषका संयोजकतथा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई पहिलो चरण अन्तर्गत दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    images

    युवा आवाजका सदस्य म्याग्दी घर भइ दक्षिण कोरियामा रहेका दिनेश केसी ,अस्ट्रेलियामा रहेका हिक्मत श्रेष्ठ , जापानमा प्रकाश विश्वकर्मा र दुबईमा प्रकाश शर्माको संयोजकत्वमा संकलन गरेर पठाएको सो रकम हस्तान्तरण गरिएको समुहका प्रतिनिधि कार्कीलेबताउनुभयो । उहाँका अनुसार बाढी पहिरो पीडितहरुको सहयोगार्थ पहिलो चरण अन्तर्गत दुई लाख रुपैयाँ जिल्ला विपद व्यवस्थापनकोषलाई हस्तान्तरण गरिएको हो ।

    बिहिवार परेको अविरल बर्षापछी बस्ती माथीबाट खसेको पहिरोमा परेर जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङमा १८ जना रमालिका गाउँपालिका–७ बिममा ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी चार जना बेपत्ता छन । यसैगरी सोही समुहले पोखरास्थित मणिपाल अस्पतालमा उपचाररत मराङका मञ्जिता श्रीपालीलाई १५ हजार रुपैयाँ सहयोग गरेको छ । सो समुहले यसअघिकोरोना र डेङ्गु प्रभावित जिल्लाका विभिन्न ठाउँमा झुल र मास्क वितरण गरेको समुहका अभियान्त प्रकाश विश्वकर्माले मयुरपाटी लाई जानकारी दिनु भयो!

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology