Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा सालको चिरान काठसहित दुई र बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा एक जना पक्राउ

तनहुँमा सालको चिरान काठसहित दुई र बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १३, २०७७ मंगलवार • १०:४६:१३ बजे
  • 1.7K
    SHARES
  • तनहुँमा सालको चिरान काठसहित दुई र बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा एक जना पक्राउ

    डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका तीन जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो ।

    images

    व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०।२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

    त्यस्तै बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका–२ ढाबटार निवारी हिमबहादुर चुमी मगरलाई पक्राउ गरिएको छ ।

    निजमार्फत सालको ३८।७४ र बर्रोको ६८।९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन प्रमुख काफ्लेले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # काठ ओसारपसार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology