तनहुँमा दुई दिनको अन्तरालमा दुई जना पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएका छन। माघ १२ गते जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.४ दुलेगौडा बस्ने वर्ष ७७ को सुर्यलाल श्रेष्ठ आफ्नै घरको रेलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा भटिएको हो ।
यस्तै माघ ११ गते तनहुँ बन्दिपुर गा.पा.२ कुरुसिङे खोरिया भन्ने जंगलमा मानसिक सन्तुलन ठिक नभएको वर्ष ५५ को श्याम शाहीले चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा भेटिएका हुन । गण्डकी प्रदेश प्रहरी कार्यालयले आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।