Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँबाट लागु औषध ओसार पोसार गर्दै गर्दा पोखराका दुई युवा पक्राउ

तनहुँबाट लागु औषध ओसार पोसार गर्दै गर्दा पोखराका दुई युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १७, २०७७ शनिवार • ०९:४३:०० बजे
  • 4.1K
    SHARES
  • तनहुँबाट लागु औषध ओसार पोसार गर्दै गर्दा पोखराका दुई युवा पक्राउ

    पोखरा ३० गगनगौडामा लागुऔषधसहित दुई युवालाई कास्की प्रहरीले पक्राउ गरेका छन् ।

    images

    शुक्रबार राति ८:३० बजे तनहुँबाट पोखरा आउदै गरेको ग१७प ५५८४ नं को स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ जिल्ला घरभई पोखरा-१७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दीपक थापा र पोखरा-२१ घरभई पोखरा-१७ छोरेपाटन बस्दै आएका २७ वर्षीय सन्तोष सुवेदी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, नुर्फिन ३७ एम्पुल, दुई थान मोवाइल र नौ हजार तीन सय १० रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । शिसुवा डाँडाको नाकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आगुऔषध कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology