Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यानडा पठाईदिन्छु भन्दै ३३ जनाबाट करौडौ ठगी गर्ने बिक पोखरा रामबजारबाट पक्राउ

क्यानडा पठाईदिन्छु भन्दै ३३ जनाबाट करौडौ ठगी गर्ने बिक पोखरा रामबजारबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १७, २०७७ शनिवार • ११:०६:२० बजे
  • 4.1K
    SHARES
  • क्यानडा पठाईदिन्छु भन्दै ३३ जनाबाट करौडौ ठगी गर्ने बिक पोखरा रामबजारबाट पक्राउ

    कास्की - क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा महानगरपालिका-१० रामबजारबाट पक्राउ गरेको हो ।

    बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको हो ।

    बिश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठगी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology