Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आगलागीमा परी दाजु-बहिनीको मृत्यु

आगलागीमा परी दाजु-बहिनीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १८, २०७७ आइतवार • १२:१५:०० बजे
  • 1.2K
    SHARES
  • आगलागीमा परी दाजु-बहिनीको मृत्यु

    सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ।

    images

    शनिबार दिउँसो करिब २ बजे स्थानीय टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ।

    आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

    माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

    बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology