Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्याङ्जामा घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु

स्याङ्जामा घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १८, २०७७ आइतवार • १८:२१:५० बजे
  • 2.0K
    SHARES
  • स्याङ्जामा घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु

    स्याङ्जामा घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु भएको छ । शनिबार स्याङ्जा हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी खोल्सामा मृत भेटिएकी हुन् ।

    images

    वृद्धा शनिवार पौने ६ बजे खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको प्रहरीले जानकारी दिएको छ ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology