Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • ०९:४६:०९ बजे
  • 1.5K
    SHARES
  • स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

    पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो ।

    images

    यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो । स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ । सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ ।


    कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ ।


    तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन् । उनीहरुले ऐतिहासिक महत्त्वको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान राख्दै आएका छन् ।, आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # पशुपति मन्दिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology