आफ्नै घरको छतबाट खसेर एकजनाकाे मृत्यु भएको छ । आफ्नाे घरकाे तेस्रो तलाको छतबाट खस्दा पोखरा महानगरपालिका ५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको मृत्यु भएकाे हाे ।
उनी आइतबार दिउँसो छतबाट खसेर गम्भीर घाइते भएका रेग्मीको फेवासिटी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।