पोखरा - पोखरामा तीन दिन अघि आफ्नै घरको छतबाट खसेर घाइते भएका पर्स्याङ्मका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
पोखराको पर्स्याङ्ममा यही माघ १८ गते दिउसो १२ः३० बजे आफ्नै घरको तेस्रो तलाबाट अचानक खसेर गम्भीर घाइते भएका भूपाल रेग्मीको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आज राति ३ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।