तनहुँमा अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन ।
शुक्लागण्डकी नगरपालिका-५ बेलचौताराबाट ३ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-२६ जलधारे बस्ने विवेक राउत र सुमन विक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले उक्त लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध गाँजा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।