Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ड्युटीकै क्रममा अचानक बेहोस भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु

ड्युटीकै क्रममा अचानक बेहोस भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २३, २०७७ शुक्रवार • ११:१९:०७ बजे
  • 1.8K
    SHARES
  • ड्युटीकै क्रममा अचानक बेहोस भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु

    वीरगञ्ज । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

    images

    बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका सशस्त्रका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमका अनुसार दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक बेहोस भएका थिए ।

    बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो । कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो । तर नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।

    नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आइपुगेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology