Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विहिवार राती पोखरा नयाँबजारबाट ११ जना जुवा सहित पक्राउ

विहिवार राती पोखरा नयाँबजारबाट ११ जना जुवा सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २३, २०७७ शुक्रवार • ११:२५:२० बजे
  • 3.3K
    SHARES
  • विहिवार राती पोखरा नयाँबजारबाट ११ जना जुवा सहित पक्राउ

    पोखरा - विहिवार राती पोखरा ९ नयाँबजारबाट ११ जना जुवा सहित पक्राउ परेका छन्।

    images

    पोखरा नयाँबजार स्थित कृष्णलाल जोशीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि उक्त घरमा छापा मार्दा ११ जना जुवाडे नगद सहित रंगेहात पक्राउ परेका हुन्।

    प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नगद ५९ हजार ७ सय ५० र २ सय १२ पत्ति तास सहित नियन्त्रणमा लिई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए।

    पक्राउ पर्नेहरुमा पोखरा–१४ चाउथेका ४९ वर्षिय क्षेत्र बहादुर जिम्बा, माछापुच्छे गापा ३ बस्ने ४५ का अर्जुन कार्की, स्याङ्जा विरुवा गापा ४ वस्ने वर्ष ५८ का एकनारायण पाध्याय, पोखरा ९ नागढुंगा बस्ने ४९ का डिल बहादुर राई, सृजनाचोक ८ बस्ने वर्ष ३६ का दण्डी बहादुुर थापा, रुपा गापा १ वस्ने वर्ष ३५ का चित्र बहादुर गुरुङ, पोखरा ८, नयाँबजार बस्ने वर्ष ४८ का कृष्णलाल जोशी, पोखरा १४ मसिना वस्ने वर्ष ५२ का थमन बहादुर गुरुङ, गोरखा गापा४ वस्ने वर्ष ३१ का सन्तोष पाण्डे, पोखरा–९, नयाँबजार बस्ने वर्ष ४३ का विष्णु कुमार गुरुङ र रानीपौवाका ४९ वर्षिय चिज गुरुङ रहेका छन्।

  • सम्बन्धित विषय:

  • # जुवा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology