तनहुँ - तनहुँ जिल्लाको व्यास ६ साँजामा ट्याक्टर दुर्घटना हुदाँ बालकको ज्यान गएको छ । बाकोरे खोला नजिकै कच्ची सडकबाट ट्याक्टर खस्दा उनकी आमा र ट्याक्टर चालक घाइते भएका छन ।
सडकबाट झण्डै तीन सय मिटर तल त्याक्टर खस्दा स्थानीय ९ वर्षका सरोज थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ४ बजेतिर साँजाबाट सेखाटारतर्फ जाँदै गरेको ग १ त ३०८३ नं। को ट्याक्टर अनियन्त्रत भई भएको दुर्घटनामा ट्याक्टर चालक तनहुँ ब्यास ६ सेखाटार बस्ने बर्ष ४० का बुद्दी श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा २७ वर्षकी सरस्वती थापा घाईते भएका हुन् । घाइते दुवैको दमौली अस्पतालमा उपचार गरिएको छ ।