Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्याङ्जाको फेदिखोलामा ट्रिपर र बस एक आपसमा ठोकिदा ४ जना घाइते

स्याङ्जाको फेदिखोलामा ट्रिपर र बस एक आपसमा ठोकिदा ४ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २४, २०७७ शनिवार • १०:५६:५८ बजे
  • 2.7K
    SHARES
  • स्याङ्जाको फेदिखोलामा ट्रिपर र बस एक आपसमा ठोकिदा ४ जना घाइते

    file pic स्याङ्जा - स्याङ्जाको फेदिखोलामा विपरित दिशाबाट आएको ट्रिपर र बस एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन्। स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जादै गरेको ग १ ख ७६११ नम्बरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउँदै गरेको ग १ ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाइते भएको र ट्रिपर चालक गरी ४ जना घाइते भएको बताए । सबैको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

    बसमा सवार घाइते पुतलीबजार नगरपालिका १३ बस्ने वर्ष ४० की चाँदनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने वर्ष ५० की सिता कार्की र सोही ठाउँ बस्ने वर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ। घाइते दुई जनाको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ।

    ट्रिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले बताए। सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology