Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स-परिवार पोखरा आउदैँ गर्दा तनहुँ घासी कुवामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

स-परिवार पोखरा आउदैँ गर्दा तनहुँ घासी कुवामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २४, २०७७ शनिवार • ११:१०:५१ बजे
  • 8.0K
    SHARES
  • स-परिवार पोखरा आउदैँ गर्दा तनहुँ घासी कुवामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    तनहुँ । तनहुँको व्यास घाँसी कुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  व्यास नगरपालिका वडा नं। १२ घाँसी कुवामा भएको घटनामा एक बालक र अर्की महिला भने घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छीका २२ वर्षका गोविन्द मगर रहेको तनहुँ प्रहरीले जनाएको छ  ।

    images

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसङ ठोकिएर बा४ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा भएको थियो ।

    दुर्घटनामा धादिङ गल्छी बेसी निवासी २० बर्सिया सुनिता तामाङ र उनका छोरा आशिष् छन् । घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

    घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र बससहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोविन्द सपरिवारसहित पोखरा आउँदै गरेको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology