Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना,एक जनाको मृत्यु ३४ जना घाइते

सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना,एक जनाको मृत्यु ३४ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २४, २०७७ शनिवार • ११:२३:२९ बजे
  • 1.1K
    SHARES
  • सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना,एक जनाको मृत्यु ३४ जना घाइते

    सिन्धुली– सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन ।  शुक्रबार राती जन्ती बोकेको ना ५ त ५३५६ न।को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

    images

    ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार पोख्रेलले दिएको जानकारी अनुसार दुर्घटनाका घाइते मरिण गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडांैमा मृत्यु भएको छ ।

     
    मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

     

    घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको मरीण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए । यस्तै, अरू १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology