आश तमु पोखरा - शुक्रबार बिहानदेखि परेको झरीसँगै कास्कीको मादी गाउँपालिकाको पर्यटकीय गाँउ सिक्लेस लगाएत गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। सामन्य हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।
हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ क्षेत्रमा भारी हिमपात भएको छ। मुस्ताङको लेतेमा समेत हिमपात भएको छ।
हिमाली जिल्ला म्याग्दीका उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भएको छ । तल्लो मनाङको चामेसम्म हिमपात भएको छ ।गोरखाको पहाडी क्षेत्रमा हिमपात भएको स्थानीय रेडियोहरुले जनाएका छन्। बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ।
बिहानैदेखि शिकार आरक्ष क्षेत्र सेताम्मे देखिएको छ। ताराखोला, तमानखोलाको सोलेडाँडा र लामेला हिमपात भएको छ। घुम्टेको डाँडामा हिमपात भएको स्थानीयले जानकारी दिए। उत्तरी पर्वतमा पनि सामन्य हिमपात भएको छ। हिमपातले किसान खुसी छन्।