Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सही ठाउँमा सही मान्छे:म्याग्दी उद्योग वाणिज्य संघमा कटुवाल सर्वसम्मत अध्यक्षमा निर्वाचित

सही ठाउँमा सही मान्छे:म्याग्दी उद्योग वाणिज्य संघमा कटुवाल सर्वसम्मत अध्यक्षमा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • ०५:२६:३७ बजे
  • 1.3K
    SHARES
  • सही ठाउँमा  सही मान्छे:म्याग्दी उद्योग वाणिज्य  संघमा कटुवाल सर्वसम्मत  अध्यक्षमा निर्वाचित

    ब्यबसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल  निर्वाचित हुनुभएको छ । शनिबार बेनीमासम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा  सर्वसम्मत रुपमा  निर्वाचित हुनुभएको हो ।

    images

    यसै गरी अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम गौतममहासचिवमा अमित बानियाँ, कोषाध्यक्ष सुबर्ण रिजाल,सचिव सुमन श्रेष्ठ र सहकोषाध्यक्ष नारायण जिसी निर्वाचित हुनुभएको छ। सहसचिवका लागि ६ जना आकांक्षी भएपछि गोलापोलाबाट बावुराम आचार्य चयन हुनुभएको छ ।

    लामो समय देखी म्याग्दीमा ब्यापार ब्याबसायमा संलग्न भई उधोग बाणिज्य संघको सबै तहका कमिटीमा भुमिका निर्बाह गर्दै आउनु भएका कट्टुवाल जिल्लामा नै सफल ब्यबसायीको रुपमा परिचित हुनुहुन्छ।सबैलाई मिलाएर संग संगै लैजानु पर्छ ब्यबसायीहरु कसैलाई पनि कुनै खालको अफ्ठ्यारो पर्नु हॅुदैन भन्ने सहयोगी भाबना बोक्नु हुने  कटुवाल अध्यक्षमा सर्बसम्मत चुनिएपछी सही ठॅाउमा सही मान्छेले नेतृत्व पाएको चर्चा समेत हुन थालेको छ।कटुवाल हाल जिल्ला अस्पताल म्याग्दीको अध्यक्ष समेत हुनुहुन्छ।

  • सम्बन्धित विषय:

  • # ब्यापार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology