Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको अंमरसिहचोकबाट सवारी लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पुरुष पक्राउ

पोखराको अंमरसिहचोकबाट सवारी लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २५, २०७७ आइतवार • १५:४३:२९ बजे
  • 3.8K
    SHARES
  • पोखराको अंमरसिहचोकबाट सवारी लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पुरुष पक्राउ

    पोखरा- पोखराको अंमरसिह चोकबाट सवारी लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

    images

    कास्की प्रहरीले स्याङ्जा जिल्ला वालिङ नगरपालिका-१ घरभई हाल पोखरा-१४ चाउथे बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्लेलाई पोखराको अमरसिंहबाट प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

    यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा फेल भएपनि सजिलै लाइसेन्स निकालिदिन्छ भन्दै विभिन्न व्यक्तिसँग उठाएको कागजात, लाइसेन्स तीन थान, विभिन्न नमूना प्रश्नपत्र, २ थान मोवाइल र नगद ८९ हजार ६ सय २० रुपैयाँ काफ्लेको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    काफ्ले यस अघि पनि यातायातका एक कर्मचारीलाई घुस दिने क्रममा पक्राउ परेका थिए । मेट्रो ड्राइभिङ स्कूल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका संचालक समेत रहेका खगेन्द्रलाई कानूनी कारवाही अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

    काफ्लेलाई ठगी सम्बन्धी कसूर अन्तर्गत १० दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology