आइतबार बिहान पोखराको न्यूरोडमा एक महिलाको छतबाट खसेर मृत्यु भएको छ ।
पोखरा ८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी साढे २ तले पक्की घरको छतबाट खसेर मृत्यु भएको हो ।
काठमाण्डौ घर भएका श्रेष्ठको बिहान ७: ३० बजे खसेर गम्भीर घाइते भएको श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।
उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।