Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरखामा ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा १३ वर्षीय किशोर पक्राउ

गोरखामा ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा १३ वर्षीय किशोर पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २६, २०७७ सोमवार • १२:१४:१४ बजे
  • 2.7K
    SHARES
  • गोरखामा ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा  १३ वर्षीय किशोर पक्राउ

    गोरखा — एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

    images

    गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

    सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले बताए । माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

    ‘घटनाबारे बालिकाले आमालाई भनिछन्, भोलिपल्ट एसेम्ब्लीमा यो केटा हो भनेर देखाएपछि किशोरलाई पक्राउ गरेका हौं,’ उनले भने । गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology