file pic डडेल्धुरा- आलिताल गाउँपालिका-८ स्थित गंगामाला सामुदायिक बनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय भिम बहादुर बोहरा समेत २ जना रहेका छन । दिउँसो ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।