Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा

माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • ११:५८:४१ बजे
  • 1.0K
    SHARES
  • माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा

    पोखरा — सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

    images

    सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।

    ल्होसारमा बिदा दिन नेपाल तामाङ घेदुङले सरकारलाई आग्रह गर्दै आएको थियो । नेपाल तामाङ घेदुङले सरकारले विगतमा गरेको गल्ती सच्याउँदै तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology